चलचित्र कलाकार संघमा सबैको सदस्यताबारे छानविन हुने

लाेकपाटी न्यूज

काठमाडौं, ४ बैशाख । चलचित्र कलाकार संघको चुनाव अबको तीन महिनाभित्र हुने भएको छ । चैत २३ मा हुने भनिएको संघको चुनाव अबको तीन महिनाभित्र हुने संघकी उपाध्यक्ष तथा अभिनेत्री रेजिना उप्रेतीले जानकारी दिएकी छिन्।

चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेविरुद्ध जिल्ला प्रशासन कार्यलयमा उजुरी परेपछि कलाकार संघको चुनाव पर धकेलिएको थियो । कलाकार सुरज आरडीले सरिताले गैर कानुनी रुपमा सदस्यता लिएको बताउँदै छानविनका लागि उजुरी दिएका थिए। अब भने सरिताको मात्र नभइ संघको सबै सदस्यको सदस्यताबारे छानविन गर्न जिल्ला प्रशासनले तीन महिनाको म्याद दिएको रेजिनाले बताइन्।

उनले भनिन् अब तीन महिनाभित्र चुनाव गरिसक्नपर्छ। सबैजनाको छानविन भइरहेको छ । संघको अध्यक्षका लागि लय संग्रौलाले पनि उम्मेद्वारी घोषणा गरेका थिए। गत असोज २३ गते संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएपछि उक्त पदका लागि चुनाव हुन लागेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्