सात दल सम्बद्ध महिला नेतृ र चेम्बर पदाधिकारीबीच छलफल

chembar
लाेकपाटी न्यूज

काठमाडौं, २८ चैत । विभिन्न सात दल सम्बद्ध महिला नेतृहरुले चेम्बरका पदाधिकारीसँग छलफल गरेका छन् । जमल स्थित नेपाल चेम्बरको भवनमा सम्पन्न उक्त छलफलका क्रममा पूर्व मन्त्री कल्पना धमला, पूर्व सभासद प्रतिक्षा तिवारीसहित बीस जना नेतृहरु सम्मिलित टोलीले महिलाको आर्थिक सशक्तिकरणमा नेपाल महिला चेम्बरको भूमिकाका बिषयमा केन्द्रित रहेर चेम्बर पदाधिकारी माझ जिज्ञासा राखेको थियो ।

छलफलका क्रममा महिला नेतृहरुले राखेका जिज्ञासालाई नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले सम्बोधन गरेका थिए ।

सो अवसरमा अध्यक्षद्वयले महिलाहरुको आर्थिक सशक्तीकरणको मुद्धालाई प्रभावकारी ढंगले अगाडि बढाउने उदेश्य अनुरुप नेपाल महिला चेम्बरको शाखा संजालको विस्तार भैरहेको बताउदै महिला लक्षित उद्यमशिलता विकास तालिम, बजार प्रवर्धनात्मक कार्यक्रम आदि मार्फत आर्थिक क्रान्तिको दिशामा महिलालाई अग्रसर गराउन चेम्बर प्रतिबद्ध भएर लागेको धारणा राखेका थिए

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्