काठमाडौं, २५ चैत । औषधी पसलमा लागु औषध बिक्री हुने गरेको खुलासा भएको छ । औषधि बिक्री गर्ने फार्मेसी पसलबाट लागू औषध बिक्री हुने गरेको खुलेको हो ।
प्रहरीले पोखरा महानगरपालिका–७ स्थित सुभेच्छा फार्मेसीबाट नियन्त्रित औषधि नियन्त्रणमा लिएपछि औषधि पसलबाट समेत लागू औषध बिक्री हुने गरेको खुलेको हो । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले विशेष सूचनाको आधारमा छापा मार्दा सुभेच्छा फार्मेसीबाट नियन्त्रित औषधि बरामद गरेको हो । सुभेच्छा फार्मेसीबाट ट्रमाडोल २५ सय क्याप्सुल र एप्काडोल १ हजार ट्याब्लेज बरामद गरिएको ब्यूरोले जनाएको छ ।
प्रहरीले नियन्त्रित औषधि बिक्री गर्ने ४० वर्षीया सुशीला पराजुली र खरिद गर्ने पोखरा–६ का २० वर्षी राजकुमार परियारलाई समेत पक्राउ गरेको छ । परियारको साथबाट ट्रमाडोल १० ट्याबलेट बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि थप कारबाहीका लागि औषधि व्यवस्था विभाग काठमाडौंमा बुझाइएको प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।



लाेकपाटी न्यूज

