युवाको ज्ञान, देशको शान

melsom ojha
लाेकपाटी न्यूज

मेल्सम ओझा

मुस्कान हल्का अनि छ गम्भीर मुद्रा,
मित्र मेरा नियाल्दै छन् थरिका थरि यन्त्र।
हत्केला, पैताला र बुद्धि विवेकको प्रयोग,
गरिरहेछन कप्तानलाई निरन्तर सहयोग।।
(१)
साहसी सारथि हुन् यिनी यस युगका,
सफल यात्रा गराई राख्छन् मन जनका।
सबेरै कहिले कैलाश दर्शन, कहिले परदेश,
राख्दछन् मिली कप्तानसँग निगमको येश।।
(२)
वायुको विरोधमा गई यिनले जमिन छोड्दछन्,
गगनमा पुगी सौन्दर्य साथै कर्तव्य नियाल्छन्।
अजङ्ग कालो बादल आफूभित्र असिना खेलाउँछ,
कर्ममा ज्ञान खेलाउँदै सुन्दर गन्तब्य पुग्दछन्।।
(३)
जीवनमा लिँदै जानु उचाइ जसै उडानमा,
सर्वकार्य सर्वदा सम्पन्न प्रति पलमा।
मुस्कान हल्का अनि छ गम्भीर मुद्रा,
अर्थ भण्डारमा भित्राउँदछ सरकार विदेशी मुद्रा।।
(४)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्