प्रहरीद्वारा महिला वक्तृत्वकला सम्पन्न

nepal-police
लाेकपाटी न्यूज

काठमाडौं, १९ चैत । समुदाय–प्रहरी साझेदारी अन्तर्गत नेपाल प्रहरीले महिला वक्तृत्वकला प्रतियोगिता गराएको छ।

लैंगिक हिंसा, घरेलु मदिरा उत्पादन बिक्री तथा सेवनले मानव जीवनमा पारेका असरहरु र लागूऔषध दूव्र्यसनबाट निम्त्याएका सामाजिक असरहरु विषयक जनचेतनामुलक विषयमा उक्त महिला वक्तृत्वकला गराएको हो। नागार्जुन नगरपालिकाका–५ स्थित जनउद्धार मा.वि हरिसिद्धीमा मंगलबार सो कार्यक्रम सम्पन्न भएको हो।

नागार्जुन नगरपालिकाका प्रमूख मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्य तथा महानगरीय प्रहरी परिसर, टेकु काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाको सभापतित्वमा उक्त वक्तृत्वकला सम्पन्न भएको थियो ।

उक्त वक्तृत्वकलामा विभिन्न महिला समूहका २८ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । समुदाय–प्रहरी साझेदारी पालिका र विभिन्न महिला समूहहरुद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा स्थानीय निकायका प्रतिनिधिहरु, विभिन्न महिला समूहका प्रतिनिधिहरु, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्