यी हुन् यस वर्षका उत्कृष्ट आठ सहकारी (नामसहित)

Rastriya-Sahakari-sang-640x266
लाेकपाटी न्यूज

काठमाडौं, १९ चैत । आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर मनाइँदैछ। नेपालमा पनि आज अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सभागृहमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

सहकारी दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सम्माननीय प्रधानमन्त्री, गरीबी निवारण तथा सहकारीमन्त्री लगायतका सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागीता रहेको पाइएको छ।

यसै सन्दर्भमा राष्ट्रिय सहकारी महासंघले विभिन्न विधामा उत्कृष्ट हुने सहकारीको नामावली घोषणा गरेको छ। उत्कृष्ट सहकारी पुरस्कार–२०७५ सहकारी संघहरुमध्येबाट बहुउद्देश्यीय सहकारी संघ लि. ललितपुरलाई दिने घोषणा गरिएको छ।

त्यसैगरी उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०७५ बाट सातै वटा प्रदेश सात वटै सहकारी छनोटमा परेका छन्। जसअन्तर्गत प्रदेश नं १ बाट झापाको शुभलक्ष्मी सहकारी संस्था लि., प्रदेश नं २ बाट सर्लाहीको मनोकामना बहुउद्देश्यीय सहकारी संस्था लि., प्रदेश नं ३ बाट ललितपुरको श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि., गण्डकी प्रदेशबाट बागलुङको आदर्श सञ्चार सहकारी संस्था लि., प्रदेश नं ५ बाट रुपन्देहीको सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लि., कर्णाली प्रदेशबाट सुर्खेतको साना किसान सहकारी संस्था लि. र सुदुरपश्चिम प्रदेशबाट कैलालीको किसान बहुउद्देश्यीय सहकारी संस्था लि. पुरस्कृत हुने सहकारीको सूचिमा परेका छन्।

पुरस्कारका लागि छनोटमा परेका सहकारीलाई कार्यक्रममा बधाई तथा शुभकामना प्रदान गरिएको छ।