काठमाडौं, १६ चैत। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुरेन्द्र पाण्डेले नेपाल प्रहरी तलब बढाउनुपर्ने बताएका छन्। उनले सबैभन्दा बढी जिम्मेवारी प्रहरीले बहन गर्ने भएकाले उनीहरुको सेवा सुविधा बढाउनुपर्ने उनको भनाइ छ।
नेकपा नेता पाण्डेले प्रहरी सच्चिए नेपालको ८० प्रतिशत सुशासन सच्चिने बताएका छन्। उनले नेपाल पुलिस सच्चिए अरु व्यवस्था आफैं सच्चिने बताएका हुन्। सिभिल प्रशासनको भन्दा बढी भूमिका प्रहरीको हुने उनको बुझाइ छ।
पहिले बाटो देखाउने काम, नियन्त्रणमा लिने तथा सही डिसिप्लेन अर्डरमा लिने काम प्रहरीले नै गर्ने गरेको उनले बताए। ‘विश्वका अरु देशजस्तै हामीले पनि हाम्रो देशका प्रहरीलाई रिफर्म गर्न सक्ने हो भने धेरै ठूलो सुशासनको प्रत्याभूति गर्न गक्छौं’ उनले भने।
पाण्डे भन्छन्, ‘यस्ता कुरालाई हामीले नीतिगत रुपमा अगाडि लैजानुपर्छ।’ राम्रो काम गरेवाफत उनीहरुलाई सम्मान गरिनुपर्ने उनको भनाइ छ।
नागरिकको रक्षा गर्न प्रहरीलाई राम्रो सेवा दिनुपर्ने उनले बताए। ईच्छाशक्ति भए यसको शुरुवात गर्न गाह्रो नभएको उनको बुझाइ छ।



लाेकपाटी न्यूज

