२ वर्षपछि नेपाली फिल्ममा सुरविनाको ‘कमब्याक’

surbina
लाेकपाटी न्यूज

काठमाडौं, १० चैत । नेपालकी सुरविना कार्की लुकामारी सिनेमा खेलेपछि मुम्बई तिर लागिन् । उनले मुम्बइ नगरीमा रहेर संघर्ष गर्न थालेको डेढ वर्ष भयो ।

त्यहाँ उनले टिसिरिजको म्यूजिक भिडियोमा काम गरेकी छिन् । एउटा सिरियलमा छोटो भूमिकामा काम गरेकी छिन् । यो बाहेक उनको उपलब्धी अहिले नै यही छ भन्न सकिने अवस्था छैन । तर, लुकामारी सिनेमा खेलेपछि मुम्बइ लागेकी सुरविनाले एउटा राम्रो प्रोजेक्ट भने पाएकी छिन् । लप्पन छप्पन सिनेमापछि निर्माण हुन लागेको लप्पन छप्पन २ सिनेमामा उनी मुख्य हिरोइन छिन् । यूरोममा खिचिने सिनेमामा अनुवन्धित भएपछि सुरविना आफ्नो कमब्याकलाई लिएर उत्साहित छिन् ।

सुरविना कार्कीलाई नेपाली फिल्म फापेको छैन । मुम्बइमा पनि उनी अझैँ के हुने हो भन्ने अवस्थामा नै छिन् । यसैले लप्पन छप्पनमा काम पाएपछि उनी उत्साहित छिन् । मुम्बइमा पढेको ३ महिने कोर्ष अब उनको करिअरमा काम लाग्ने देखिन थालेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्