काठमाडौं, १० चैत । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।
आइतबार बैठक सुरु भएलगत्तै राजपाका सांसदहरुले उठेर विरोध जनाएका थिए , त्यसपछि सभामुखले राजपाका सांसद लक्ष्मणलाल कर्णलाई बोल्न समय दिएका थिए ।
उनले सभामुखको रुलिङ र मन्त्रीको प्रतिवद्धतापछि पनि प्रतिवेदन सार्वजनिक नगर्नु संसदीय व्यवस्थाकै उपहास भएको बताए । राजपाको अवरोधपछि बैठक १० मिनेटका लागि स्थगित भएको छ ।



लाेकपाटी न्यूज

