पाँच बलिउड सेलिब्रेटी, जसको नेपालसँग घनिष्ट सम्बन्ध छ

Govinda
लाेकपाटी न्यूज

काठमाडौं । नेपालीहरुमा बलिउडप्रति निकै लगाव देखिएको पाइन्छ । नेपाली चलचित्र तथा गीत संगित क्षेत्र होस या नेपाली सेलिब्रेटी तथा आम सर्वसाधारण सबै बलिउड प्रति आर्कषित छन् ।
त्यसमध्ये केहिको बलिउडसँग कुनैन कुनै रुपमा सम्बन्ध पनि रहेको छ । यस्तै बलिउडमा पनि केहि सेलिब्रेटी तथा हस्तीहरु छन् जसको नेपालसँग घनिष्ट सम्बन्ध रहेको छ । आउनुस्र यस्ता केहि सेलिब्रेटीहरुको बारेमा जानौँ ।

गोबिन्दा अहुजा

नेपालका ज्वाइका नामले परिचित गोबिन्दा बलिउडका चर्चित कमेडी नायक हुन् । उनले नेपालकी मधेशी मुलकी सुनितासँग विवाह गरेका हुन् । उनी हरेक कार्यक्रममा नेपाल आइपुग्दा अथवा नेपालीसँग भेट हुँदा नेपाल आफ्नो ससुराली घर भएको बताउँछन् । उनी भारत टेलिभिजनका विभिन्न शोहरुमा भाग लिन गएका नेपालीहरुको पक्षमा बोल्दै नेपाल आफ्नो ससुराली हो भन्न कत्ति हिच्किचाउँदैनन् ।

माला सिन्हा

बलिउड कुनै समयकी चर्चित नायीका माला सिन्हा नेपाली हुन् भन्ने त भेरैलाई थाहा नै छ । उनका बुवा नेपाली क्रिश्चियन हुन् । माइतिघर नामक चलचित्रमा काम गरेर बलिउडमा आफ्नो करियर बनाएकी माला सिन्हाले नेपालकी छोरी बनेर बलिउडमा नाम र दाम दुबै कमाइन् ।

भारती सिंह

भारतकी चर्चित कमेडियन भारती सिंहको रगतमा नेपालीको रगत बगेको छ । उनकी आमा पञ्जावी हुन् भने बुवा नेपाली । नेपाली भाषा समेत बोल्न जान्ने भारती आफ्नो नेपालसँग गहिरो सम्बन्ध रहेको बताउँछिन् ।

अहमद खान

बलिउडमा चर्चित कोरियाग्राफरका रुपमा स्थापित अहमद खानको पनि नेपालसँग मावलीको साइनो रहेको छ । उनका बुवा भारतीय मुसलमान हुन् भने आमा नेपाली । उनले धेरै पटक भारतीय च्यानल जि टिभीको कार्यक्रममा डान्स इन्डीया डान्समार्फत आफ्नी आमा नेपाली भएको बताइसकेका छन् ।

श्रृती झा

भारतीय सानो प्रदाकी चर्चित अनुहार श्रुती झालाई धेरैले नेपाली हो भनेर भन्ने गरेका छन् ।वास्तवमा उनी नेपाली भने होइनन् तर, उनी लामो समय परिवारको साथमा काठमाडौं बसेकी थिइन् । विहारमा जन्मीएकी श्रुतीले काठमाडौंमा रहेको मार्डन इण्डियन स्कुलमा आफ्नो अध्ययन पुरा गरेकी हुन् । आफ्नो बाल्यकाल नै नेपालमा बिताएका कारण उनी राम्रोसँग नेपाली बोल्न सक्छिन् । उनले जी टिभीको चर्चित सिरियल कुमकुम भाग्यबाट विशेष चर्चा कमाएकी हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्