वैदेशिक रोजगार विभागका नायब सुब्बा घुससहित पक्राउ

arrested
लाेकपाटी न्यूज

काठमाडौं, ८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायब सुब्बा रामकुमार फुयाँललाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारले बुद्धनगरमा कार्यरत नायब सुब्बा फुयाँललाई रु ६० हजार घुस लिएको आरोपमा रकमसहित नियन्त्रणमा लिएको हो । वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरुद्ध उजुरी परेको र निजको नाममा पक्राउ पूर्जी जारी गरिदिन्छु भन्दै पटक पटक कार्यालयमा बोलाएर डर धम्की देखाई सेवाग्राहीसँग घुस मागेको अख्तियारको आरोप छ ।

नासु फुयाँलले सेवाग्राहीसँग रु ६० हजार घुस लिएर जोरपाटी चोकमा फलफूल पसल गर्ने धु्रव खड्कालाई राख्न दिई केही समयपछि उनै खड्कासँग उक्त घुसबापतको रकम लिँदै गर्दा उनीहरु दुवै जनालाई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकस्थित सापकोटा मिठाइ भण्डारबाट बिहीबार साँझ नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्