माडी नगरपालिकामा माओवादी केन्द्रको अग्रता कायमै

mawobadhi pic
लोकपाटी न्यूज

चितवन। माडी नगरपालिका वडा नं. १ को मतगणना जारी छ। माडीको प्रारम्भिक नतिजा अनुसार गठबन्धनको अग्रता रहेको छ। अहिलेसम्म ३५० मत गन्दा मेयरमा गठबन्धन अन्तर्गत माओवादी केन्द्रका उम्मेदवार ऋषि काफ्लेले १४३ मतसहित सुरुवाती अग्रता बनाएका छन्।

त्यस्तै, नेकपा एमाले र राप्रपाको गठबन्धनबाट एमालेकी उम्मेद्वार कताराकाजी महतोको १२७ मत आएको छ। उपमेयरमा नेपाली कांग्रेसका खेम महत्तोको १४३ मत आएको छ भने स्वतन्त्र उम्मेद्वार कृष्ण पौडेलको ७८, राप्रपाको ३० मत प्राप्त भएको छ।

यस्तै वडा नम्बर एकको वडाध्यक्षमा कांग्रेसका जिवन महत्तोको १२२, राप्रपाका अमित लामाको १३०,एमालेका टिआर सुबेदीले १० मत ल्याएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्