काठमाडौं। स्याङजाको वालिङमा जीप दुर्घटना भएको छ। वालिङ नगरपालिका वडानम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको हो।
दुर्घटनास्थलबाट चारजनालाई अचेत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ। अन्य केही घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ।
दुर्घटना भएको जीपको नम्बर पनि खुलेको छैन। थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। जीपमा ११ जना सवार रहेको खुलेको छ।



लोकपाटी न्यूज