सुनको मूल्य बढ्यो, तोलाको कति ?

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको भाउ ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको तोलाको ६ सयले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँ कायम भएको छ।

मंगलबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार तेजाबी सुनको भाउ तोलाको एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ।

चाँदीको भाउ पनि २० रुपैयाँले बढेको छ। मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।