काठमाडौं। साताको कारोबारको तेस्रो दिन नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर बजार ३४.७९ अंकले घटेर २३८५.०१ अंकमा कायम भएको छ। आज ३७ कम्पनीको ३७ लाख ८३ हजारभन्दा बढी कित्ता सेयर कारोबार हुँदा कारोबार रकम भने एक अर्ब ५२ करोड रुपैयाँ भएको छ।
मंगलबार यसरी सेयर बजारमा कमि आउनु भनेको लगानीकर्ता सामान्य मूल्यमा सेयर बेच्न मन्जुर नभएको बुझिन्छ।आज बजार रातो हुँदा २३७ कम्पनीमध्ये २०३ वटा रातो, २३ वटा हरियो र १० वटा स्थिर रहे।
नेपाली सेयर बजारमा आज पर्यटक र होटेलबाहेक अरु सबै समूहका सूचक घटेका छन्। जसमा अधिक घट्नेमध्ये इमजिन नेपाल ६ दशमलब ५९ प्रतिशत घट्दा ९३५, न्यादी हाइड्रो ६ दशमलव ०७ प्रतिशतले घट्दा ४०१ दशमलव १ मा, घलेम्दी हाइड्रो ५ दशमलव ९ प्रतिशतले घट्दा २७१ मा र राष्ट्र उथान लघुवित्त ५ दशमलव ३६ प्रतिशतले घट्दा १३०६ दशमलब १ मा अन्तिम कारोबार भएको छ।
नेश्डो लघुवितको सेयर मूल्य २०५७ पुगेको छ। विजया लघुवित्त, मनकामना लघुवित्त, रुरु जलविद्युत्, शिव शि हाइड्रो भने करिब १ प्रतिशत आशपाश बडेका छन्।



लोकपाटी न्यूज

