काठमाडौं। साताको कारोबारको तेस्रो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ७ सय रुपैयाँले बढेको हो।
आज सुन प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख १ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।
त्यस्तै, मंगलबार नेपाली बजारमा चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय ५९अमेरिकी डलरमा कारोबार भइरहेको छ।



लोकपाटी न्यूज

