बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Gold
लोकपाटी न्यूज

काठमाडौं। साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ८ सय रुपैयाँले बढेको हो।

आज सुन प्रतितोला १ लाख ३ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। त्यस्तै, अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी १३ सय ५५ रुपैयाँमा कायम भएको थियो।