बम दिदी बहिनीले किन चाले यस्तो कदम ?

Bam Didi bahini
लाेकपाटी न्यूज

कञ्चनपुर, २४ फागुन । बलतकारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिय वालिका निर्मला पन्तको हत्या र बलात्कार प्रकरणमा प्रहरीको छानबिनमा तानिएका बम दिदी बहिनीले गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।

रोशनी बम र बबिता बमले मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका हुन् । बम दिदीबहिनीका नामले परिचित रोशनी बम र बबिता बमले बिहीबार कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर गरे । रोशनी बम निर्मलाकी साथी हुन् । उनैको घरबाट फर्किएकी निर्मलाको बलात्कारपछि हत्या भएको थियो ।

अर्याल नेतृत्वको मानव अधिकार संगठनको टोलीले निर्मला हत्याकाण्डको स्थलगत प्रतिवेदनमा रोशनीकी दिदी अनितालाई डान्स बारमा काम गर्ने उल्लेख गरेको थियो । अर्यालले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा बम दिदी बहिनीको चरित्र शंकास्पद रहेको र उनीहरुको घरमा भीआइपीहरुको आवत–जावत हुने गरेको बताएका थिए ।

मुद्दामा स्थानीय महिला अभियन्ता भक्ति फुलारा र पत्रकार खेम भण्डारीलाई पनि विपक्षी बनाइएको जिल्ला अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्