दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

लोकपाटी न्यूज

काठमाडौं। साताको अन्तिम कारोबार दिन नेपालीमा सेयर बजार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से ३५.६६ अंकले बढ्दै २४ सय ६४.३१ अंकमा पुगको हो।

आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८ अंकले बढ्दै ४६३.७३ अंकमा उक्लिएको छ। कारोबार रकममा भने धेरै सुधार हुन सकेन।

दिनभर भएका ४२ हजार ५०६ कारोबारबाट २२४ कम्पनीका ५४ लाख ४४ हजार ७३८ कित्ता सेयर किनबेच भएका छन्। जसबाट कारोबार रकम २ अर्ब १२ करोड १५ लाख ११ हजार २८० रुपैयाँ पुगेको छ ।