काठमाडौं। साताको कारोबारको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो।
आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि,सोमबार सुन तोलाको ९८ हजार सात सय रुपैयाँमा किनबेच भएको थियो। मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ।
चाँदीको भाउ १० रुपैयाँले घटेको छ। सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ४० रुपैयाँ निर्धारण भएको छ।



लोकपाटी न्यूज

