साक्रामेन्टोमा गोली हानाहान हुँदा ६ जनाको मृत्यु, १२ घाइते

Death
लोकपाटी न्यूज

काठमाडौं। अमेरिकाको क्यालिफोर्नियाको साक्रामेन्टोमा भएको गोली हानाहानमा परी कम्तीमा पनि ६ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार सोही घटनामा परी १२ जना घाइते भएका छन्।

आइतबार क्यालिफोर्नियाका रेष्टुरेन्ट र बारहरुमा भएको गोली हानाहानपछि सर्वसाधारणको भागदौड मच्चिएको थियो। नजिकै रहेको प्रहरीले घटनामा भागदौड शान्त पारे पनि भीडका कारणले गोली हानेका सन्दिग्ध व्यक्तिलाई गिरफ्तार गर्न सकेको छैन।

प्रहरी प्रमुख क्याथरिन लेस्टरले यो सबैभन्दा वास्तविक रुपमा वियोगान्त घटना भएको प्रतिक्रिया दिए। प्रहरीले सन्दिग्ध व्यक्तिबारे कुनै पनि सूचना भए तत्काल प्रहरीलाई दिएर सहयोग गर्न अपिल गरेको छ।