तनहुँ। जङ्गली च्याउ खाँदा तनहुँमा दश जना बिरामी भएका छन्। म्याग्दे गाउँपालिका- ३ धयेरे बस्ने ४६ बर्षीय पार्बती थापा र सोही स्थान निवासी २४ बर्षीय सरिता थापाले नजिकको जङगलबाट ल्याएको च्याउ पकाएर खाँदा परिवारका सदस्यसहित विरामी भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्का २७ बर्षीय सबिता थापा, ६ बर्षकी जेनिसा थापा, ४५ बर्षकी पदुमाया मगर, ४ बर्षका जेन्स थापा बिरामी हुनुभएको छ।
त्यसैगरी २२ बर्षका सुमन थापा, ६ बर्षका प्रिन्स थापा, २४ बर्षकी सरिता थापा र ४७ बर्षका पदम थापा पनि विरामी परेको प्रहरीले जनाएको छ। बिरामीहरुको दमौलीस्थित व्यास नगर हस्पिटलमा प्रारम्भिक उपचार गरी गण्डकी अस्पताल पोखरामा थप उपचार भइरहेको प्रहरीले जनाएको छ।



लोकपाटी न्यूज