साेचेजति काम गर्न सकिएनँ : मूख्यमन्त्री गुरुङ

Prithivisubba gurung
लाेकपाटी न्यूज

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आधुनिक प्रविधिसंग नजोडिए मुलुकको विकास सम्भव नभएको बताएका छन् ।

बुधबार मदन भण्डारी फाउन्डेसन जिल्ला कार्य समिति कास्कीले पोखरामा आयोजना गरेको ‘गण्डकी प्रदेशको समेद्धिका आधार’ विषयक प्राज्ञिक बहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मुलुकका कतिपय ठाउँहरु अझै पनि आधुनिक प्रविधिसंग नजोडिएको भन्दै उनले त्यस्ता स्थानहरुलाई सरकारले नै प्रविधिमैत्री बनाउनमा पहल सुरु गर्नुपर्ने उनको भनाई रहेको थियो ।

राष्ट्रिय गौरवका आयोजनाहरुमा सरकारले अझै पनि २५ प्रतिशत रकम काम खर्च गरेको उनले कार्यक्रममा बताए । राष्ट्रिय गौरव बाहेक अन्य विकासका कामहरुमा समेत बजेट खर्च नहुनु अहिले नेपालका लागि निकै ठूलो चुनौती र विकासको बाधक रहेको मुख्यमन्त्री गुरुङको भनाइ रहेको थियो ।

गण्डकी प्रदेशले स्रोत तथा साधन पर्याप्त हुँदा समेत सोचे जस्तो विकासका कामहरु गर्न नसकेको भन्दै उनले प्रदेश सरकारले काम गर्न नसेकेको स्वीकार गरेका छन् । काम गर्न नसक्नुमा केही अवरोध तथा समस्याहरु रहेको र त्यसको समाधान गर्दै विकास निमार्णका कामहरुलाई अगाडि बढाइने उनले बताएका छन् ।

प्रदेशको विकासका लागि लगानीमैत्री वातावरण मुख्य कुरा भएको उनको भनाई रहेको थियो । गण्डकी प्रदेशलाई समृद्धि तथा विकासतर्फ अगाडि बढाउनका लागि उद्यमशिलता लाग्ने वातावरण समेत तयार पार्नुपर्ने बताउँदै मुख्यमन्त्री गुरुङले त्यसपछि मात्र रोजगारका ढोकाहरु पनि खुल्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्