धनगढी। कैलालीमा काँडेतारमा अल्झिएर एउटा चितुवाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका-१० मा शोभा चौधरीको घरको आगनमा लगाइएको काँडेतारमा अल्झिएर घाइते भएको चितुवाको मृत्यु भएको सव डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट उद्दारका लागि प्राविधिक टोली बोलाइएको भए पनि उनीहरू नपुग्दै चितुवाको मृत्युु भएको सव डिभिजन वन कार्यालयका वन अधिकृत सुरेन्द्र केसीले जानकारी दिए। घोडाघोडी नगरपालिका-१० क्षेत्रमा चितुुवाले केही दिनदेखि आतंक मच्चाएको थियो।
स्थानीयका अनुसार राति गाउँ पस्ने चितुवाले गोठभित्रै पसेर पशुचौपाया खाने गरेको थियो।



लोकपाटी न्यूज