टीकापुर घटनाको फैसला आज : छुट्लान् त रेशम चौधरी ?

resham-chaudhary01
लाेकपाटी न्यूज

धनगढी। जिल्ला अदालत कैलालीमा टीकापुर घटनाको बहस सकिएको छ। गत बुधबारबाट शुरु भएको बहस मंगलबार सम्पन्न भएको हो।

बहस मंगलबार सकिएको र बुधबार फैसला हुने जिल्ला अदालत कैलालीका प्रवक्ता नरबहादुर नेगीले जानकारी दिए। २०७२ भदौ ७ गते टीकापुरमा थरुहटरथारुवान आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी १ नाबालक र ८ प्रहरीको ज्यान गएको थियो।

उक्त मुद्दामा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता विष्णु पौडेल र सहायक न्यायाधिवक्ता लक्ष्मी शर्माले बहस गरेका थिए। प्रतिवादीका तर्फबाट भने दर्जन बढी कानून व्यवसायीले बसह गरे।

टीकापुर घटनाका मुख्य आरोपीका रूपमा रहेका रेशम चौधरी घटनापश्चात् भूमिगत अवस्थामै कैलाली क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा निर्वाचित भएका थिए। निर्वाचित भएको एक वर्षपछि उनलाई सपथ ग्रहण गराइएको थियो।

हाल उनी कारागारमा छन्। सांसद चौधरीसहित घटनामा हालसम्म २६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने ३२ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्