मन्त्री आले भन्छन् : सलमान खानलाई नेपालमा स्वागत गर्न आतुर छौँ

लोकपाटी न्यूज

काठमाडौं। संस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेले बलिउड अभिनेता सलमान खानलाई नेपालमा स्वागत गर्न र उनको कार्यक्रम हेर्न नेपालीहरु हतारिएको बताएका छन्।

काठमाडौंको सोल्ठी होटलमा बुधबार आयोजित भएको एक कार्यक्रममा मन्त्री आलेले धेरैभन्दा धेरै पर्यटन नेपालमा भित्र्याउने लक्ष्यले गर्दा सलमान खानको कार्यक्रमले थप सहयोग पुग्ने धारण व्यक्त गरे।

मन्त्री आलेले भने ‘सलमान खानलाई नेपालमा स्वागत गर्न कार्यक्रम हेर्न हामी आतुर भएक छौँ। उनले आयोजक ओडीसीएनलाई कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै उक्त कार्यक्रम आयोजकको मात्रै नभएर हामी सवैको कार्यक्रम भएको बताए ।

‘यसलाई सफल पार्न हामी सवैले साथ दिनुपर्छ, मेरो मन्त्रालयबाट गर्नसक्ने सहयोग गर्ने विश्वास दिलाउँछु। नेपाल सरकार पनि प्रतिवद्ध छ’, आलेले कार्यक्रमबारे आफूले प्रधानमन्त्रीलाई समेत जानकारी गराएको र उनी सहभागी हुन इच्छुक रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्