फागुन २२ मा त्रिविमा रवीन्द्र अधिकारीकाे श्रद्धाञ्जली सभा

Rabindra-Adhikari-12
लाेकपाटी न्यूज

काठमाडौं, २१ फागुन । फागुन १५ गतेको कहालीलाग्दो हेलिकप्टर दुर्घटनावाट दिवंगत भएका पर्यटन मन्त्री एवम् अनेरास्ववियूका पुर्व अध्यक्ष रवीन्द्र अधिकारीको सम्झनामा श्रद्धाञ्जली सभा राखिने भएको छ ।

मन्त्री अधिकारीको सम्झनामा फागुन २२ गते त्रिभुवन विश्वविद्यालय परिसरमा श्रद्धाञ्जली सभा राखिने भएको हो । स्वर्गीय अधिकारी त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति समेत थिए ।

नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू ‘क्रान्तिकारी’ को संयुक्त आयोजनामा गरिने श्रद्धाञ्जली सभामा विद्यार्थी आन्दोलनको कोणबाट अधिकारीको सम्झना गरिने अनेरास्ववियू ‘क्रान्तिकारी’ का उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

त्रिवि व्यवस्थापन भवन अगाडिको खुल्ला प्राङ्गणमा आयोजना गरिने सो कार्यक्रममा स्व. अधिकारीका समकालीन विद्यार्थी नेताहरुले उनका विविध पक्षमा चर्चा गर्नेछन् । सोही कार्यक्रममा स्व. भरतमोहन अधिकारीप्रति पनि श्रद्धाञ्जली अर्पण गरिने उपाध्यक्ष बस्नेतले जनाए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्