फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो।

सोमबार आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५०० रुपैयाँ छ। यस्तै, तेजाबी सुनको मूल्य आज ९९ हजार रुपैयाँ कायम भएर कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार २०० रुपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९८ हजार ७०० रुपैयाँ कायम रहेको महासंघले जनाएको थियो।

आज सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमै कारोबार भइरहेको छ । चाँदीको मूल्य हिजो आइतबार पनि यही कायम थियो।