काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार नेपाली सेयर बजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज परिसूचक नेप्सेमा आज १४.६७ अंकको गिरावट आएको हो।
आइतबार नेपाली बजारमा २६३१.३२ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २६१६.८ अंकमा झरेको छ। अर्थात् आज नेप्से परिसूचक बजारमा ०.५६ प्रतिशतले घटेको छ।
आइतबार ‘क’ वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटीभ परिसूचक ०.६० प्रतिशत अर्थात् ३.०१ अंकले घटेर ४९४ दशमलव ३८ अंकमा पुगेको छ।
नेपालमा आइतबार कारोबार रकममा पनि गिरावट देखिएको छ। आज कारोबार भएका २ सय २४ कम्पनीको सेयर कारोबारमा २ अर्ब २७ करोड ४६ लाख २६ हजार १ सय ९१ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो।
साताको पहिलो कारोबार दिन आइतबार नेपालमा सर्वाधिक कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, जीवन विकास लघुवित्त, नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, अपी पावर कम्पनी, नेपाल बैंक लिमिटेड लगायतका कम्पनी रहेका छन्।
त्यस्तै, आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा मैलुङ खोला जलविद्युत आयोजना, शिव श्री हाइड्रो पावर, प्रभु लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स तथा विशाल बजार कम्पनी रहेका छन्।



लोकपाटी न्यूज

