नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

covid-19_corona
लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो चौबिस घण्टामा नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १७ जनामा संक्रमण पुष्टि भएको हो।

आज ४ हजार ५४३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ९९३ जनाको पीसीआर र २ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ५९५ जना रहेको छ। त्यस्तै, शनिबार ४०९ जना संक्रमित निको समेत भएका छन्। पछिल्लो चौबिस घण्टामा नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्