मन्त्री अधिकारीको सम्झनामा पुष्कल शर्माकाे नयाँ गीत

puspal sharma
लाेकपाटी न्यूज

काठमाडौं, २० फागुन । लोकप्रिय गायक तथा सर्जक पुष्कल शर्माले मन्त्री अधिकारीप्रति श्रद्धान्जलिस्वरुप गीत सार्वजनिक गरेका छन् ।

उनले ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीप्रति श्रद्धान्जलिस्वरुप ‘कालो दिन’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गीतमा गत बुधबार हेलिकोप्टर दुर्घटनामा परि मृत्यु भएका पर्यटन मन्त्रीरविन्द्र अधिकारी सहित उच्च पदस्थ सात जनाको मृत्युको विषयालाई समेटिएको छ ।

लोकप्रिय नेता अधिकारी तथा अन्य दिवंगत प्रति श्रद्धाञ्जली स्वरुप आफुले यो गीत सार्वजनिक गरेको गायक शर्माले बताए । गीतमा पुश्कल शर्माकै स्वर, लय तथा शब्द सिर्जना रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्