अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भिडियो कुराकानी

Biden_xi
लोकपाटी न्यूज

एजेन्सी। अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी भएको छ। युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उनीहरुले भिडियो कुराकानी गरेको दुवै पक्षका अधिकारीले जनाएका छन्।

वार्ताका क्रममा मुख्य विषय युक्रेन युद्ध भए पनि दुई नेताबिच के कस्ता मुद्दामा कुरा भयो भन्ने विस्तृत जानकारी आइसकेको छैन। यद्यपि अमेरिकी राष्ट्रपति वाइडेनलाई चिनियाँ राष्ट्रपति सिले रुस-यूक्रेन युद्ध कुनै एउटाको मात्रै चासो, सरोकार र चिन्ताको विषय नभएको बताएका छन्।

यता अमेरिकी राष्ट्रपति बाइडेनले रुसलाई सैन्य सहयोग नगर्न चीनलाई चेतावनी दिएको भ्वाइस अफ अमेरिकाले दाबी गरेको छ। यसअघि चीनले रुसलाई सैन्य सहयोग गर्न लागेको वासिङ्टनकै कुटनीतिज्ञले जनाएका थिए। रसिया युक्रेन युद्धपछि दुई राष्ट्रपतिबिच पहिलोपटक लामो समय छलफल चलेको हो।

दुई नेताबिच के कुराकानी भयो भन्ने जानकारी दिन बाइडेन प्रशासनले अस्विकार गरेको भ्वाइस अफ अमेरिकाले जनायो। यस विषयमा बाइडेनले जिनपिङसँग कुटनीतिक तवरले युद्धको समाधान खोज्न आग्रह गरेको उल्लेख गरिएको छ।