नेपालमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

Corona_Virus
लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो चौबिस घण्टामा नेपालमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार ५०६२ जनामा गरिएको नमूना परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण नेपालमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५० जनाको मृत्यु भएको छ।

शनिबार नेपालमा थप १९२ जना कोरोना संक्रमण मुक्त भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६० हजार ८७८ पुगेको छ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ५० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्