काठमाडौं। बलिउड महानायक अभिनेता अमिताभ बच्चनले नेपाली ढाका टोपी लगाएका छन्। उनले सोमबार आफ्नो इन्स्टाग्राममार्फत नेपाली ढाकाटोपी लगाएको एक तस्बिर सार्वजनिक गरेका छन्। तस्बिर सार्वजनिक गर्दै अमिताभले लेखका छन्, ‘केटीको केटीको’।
नेपाली ढाकाटोपी लगाएको तस्बिरमा उनका दुई हात कम्बरमा छन् र अमिताभ आफू निकै हर्षित देखिएका छन्। उनको उक्त तस्बिर पोस्टलाई नेपाली शुभचिन्तकहरुले नेपाल र नेपालीप्रति देखाएको सम्मान भन्दै धन्यवाद दिइरहेका छन्।
टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ मा बेलाबेलामा नेपालका बिभिन्न विषयका प्रश्न बनाउँदै आएका बच्चनले नेपाली ढाका टोपी शिरमा सजाएको सम्भवतः यो पहिलो होला। उनले ढाकाटोपी लगाउनुको उदेश्य भने खुलाएका छैनन्।
अमिताभ धेरैअघि फिल्म ‘महान’ को सुटिङ गर्न नेपाल आएका थिए। उनको अभिनय रहने फिल्म उचाई’ समेत केही अगाडि छायाङ्कन भएको थियो। फिल्म छायाङ्कनका लागि पहिले उनी नेपाल आउने हल्ला चलेपनि स्वास्थ्यका कारण देखाएर उनले नेपाल सुटिङ क्यान्सिल गरेका थिए।



लोकपाटी न्यूज

