मुम्बई। केही समयअघि आमा बनेकी बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा विभिन्न कारणले गर्दा जहिले पनि चर्चामा आउने गर्छिन्। अमेरिकी अभिनेता तथा गायक निक जोनससँग विवाह बन्धनमा बाँधिएकी प्रियंका सरोगेसीबाट आमा बनेकी हुन्।
अहिले अमेरिकामै बस्दै आएकी प्रियंकाले महाशिवरात्रीका अवसरमा मंगलबार भगवान महादेवको पूजा आराधना गरिन्। उनले आफूसँगै पति निकसहित परिवारका सदस्यलाई पनि विशेष पूजामा सहभागी गराएकी थिइन्। प्रियंकाले लसएञ्जलसको घरमै मन्दिरसमेत स्थापना गरेकी हुन्।
आफू विहे गरेर अमेरिका गए पनि आफ्नो धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिँदै आएको प्रियंकाको भनाइ छ। त्यस्तै, उनले आफ्नो परिवारसँग बसेर महादेवको आराधना गरेको तस्बिर पनि सेयर गरेकी थिइन्।



लोकपाटी न्यूज

