काठमाडौं। बुधबार नेपाली शेयर बजारमा भारी अंकको गिरावट आएको छ। सोमबार ४३.१२ अंक घटेर २६१०.५९ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक आज ५८.९७ अंकले ओरालो लागेको छ।
सो अवधीसम्म शेयर बजार २.२६ प्रतिशतले घटेको छ। त्यस्तै, दिउँसोको १ बजेसम्म कारोबारमा आएका २२१ कम्पनीमध्ये ४ कम्पनीको शेयरमूल्य बढेको छ।
यसैगरी, सोही अवधीसम्म कारोबार आएका कम्पनीहरुको ३५ लाख ८३ हजार २३८ कित्ता शेयर २५ हजार ९१६ पटक शेयर कारोबार हुदाँ १ अर्ब ७४ करोड ८६ लाख बढीको शेयर कारोबार भएको छ।



लोकपाटी न्यूज

