पाकिस्तानले लगायो भारतीय फिल्म रिलिजमा रोक

लाेकपाटी न्यूज

एजेन्सी । पाकिस्तानमा बलिउड फिल्म रिलिजमा पुर्णतया रोक लगाइएको छ । जम्बु कश्मीरको पुलवामा गरिएको हमलाको बदला लिदैँ भारतीय वायुसेनाका फाइटर विमानहरूले गरेको बम आक्रमणपछि पाकिस्तानले फिल्म रिलिजमा रोक लगाएको हो ।

‘एएनआइ’का अनुसार पाकिस्तानका सूचना एवं प्रसारण मन्त्री फवाद हुसैनले भने, ‘सिनेमा प्रदर्शक एसोसिएसनले भारतीय फिल्म बाइकट गर्ने निर्णय लिएको हो । अब कुनै पनि भारतीय फिल्म पाकिस्तानमा रिलिज हुदैँन ।’

उनले पाकिस्तानको संघिय मन्त्री मण्डललाई भारतीय विज्ञापनविरुद्ध कारवाही गर्नसमेत निर्देशन दिएका छन् । प्रदशर्नरत चलचित्र ‘टोटल धमाल’का निमार्ताले उक्त फिल्मलाई पाकिस्तानमा रिलिज नगर्ने निर्णय गरे । यस्तै सरमान खानको फिल्म ‘भारत’लाई पनि पाकिस्तानले ब्याण्ड गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्