महानायक हमालद्वारा २ करोड बराबरको जग्गा दान

हमाल
लाेकपाटी न्यूज

काठमाडौं, १४ फागुन । महानायक राजेश हमालले करिब २ करोड रुपैँया पर्ने जग्गा दान गरेका छन् । ६० वर्षअघिदेखि नवलपरासीस्थित आफनो पुख्र्यौली घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई उनले २ करोड मुल्य बराबरको जग्गा प्रदान गरेका हुुन् ।

उनले देवचुली नगरपालिका २ स्थित आफ्नो पुख्र्यौली थलोमा रहेका अति विपन्न परिवारलाई घरबासको लागि आफनो नाममा रहेको जग्गा मालापेत कार्यालयवाट निशुल्क पास गरिदिएको जनाइएको छ । भाइ राकेश हमाल र सहयोगीसहित त्यहाँ पुगेका हमालले तुल्सी बिकलाई २ कठ्ठा तथा विष्णु मर्दनिया, असमिया थारु र मन कुमारी घर्तीको परिवारलाई १०–१० धुर घरबासको लागि जग्गा प्रदान गरेको वडाध्यक्ष माधव केसीले जानकारी दिए ।

हमालले आफ्नो हजुरआमाको समय देखि उनीहरु फलाम, कृषि तथा घरको काममा सहयोग गर्न बस्दै आएको समेत जानकारी दिए ।

६० वर्षअघिदेखि राजेश हमालकी हजुरआमाले ति परिवारलाई आफनो घरमा काम गर्न राख्नु भएको हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्