प्रभावकारी बन्दै समुदाय प्रहरी साझेदारी

Nepal police
लाेकपाटी न्यूज

सुर्खेत, १३ फागुन। सुर्खेत जिल्लाका विभिन्न स्थानहरूमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत आइतबार जनचेतनामूलक तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत मातहत कार्यालयहरुबाट आ–आफ्नो क्षेत्र अन्तर्गतका स्थानमा उक्त कार्यक्रमहरु सञ्चालन गरिएको हो ।

स्थानीय निकाय तथा समाजसेवीको सहकार्यमा आयोजित उक्त कार्यक्रमहरुमा लागूऔषध दुव्र्यसनी, महिला हिंसा न्यूनिकरण, घरेलु मदिरा नियन्त्रण, मानव वेचबिखन, साइबर अपराध र बालविवाह रोकथाम लगायतका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रम सञ्चालन गरिएका स्थानहरुमा पञ्चपुरी नगरपालिका अन्तर्गत कालाबनमा, दोप्कामा, शान्ती प्रावि तथा माझिगाउँ सिम्ता गाउँपालिका अन्तर्गत बाखर्कमा, साहुखोला, दर्खातामा तथा सिम्ता गाउँपालिका–४ चौकुने गाउँपालिका अन्तर्गत भेट्टेशेरा, भेडेभाबर, घाटगाउँ, तथा सात्ता भेरीगंगा नगरपालिका अन्तर्गत ढल्के बजार, जिम्मालीमा, गुरुवानीमा तथा नेपाल राष्ट्रिय मावि गुर्भाकोट नगरपालिका अन्तर्गत बर्मघाट, मेलनीचौर रहेका छन्।

त्यसैगरि भक्तपुर, आमखोली, देउतीडाडा तथा लादे वीरेन्द्रनगर नगरपालिका अन्तर्गत ढोलढुङ्गा तथा बयलकाडा लेखवेशी नगरपालिका अन्तर्गत जनक मावि तथा डाडागाउँ बराहताल गाउँपालिका अन्तर्गत लखरपाता, कुटहा तथा शिखरबास चिङगाड गाउँपालिका अन्तर्गत कोप्ची रहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्