अर्थ मन्त्रालयको लेखा अधिकृत हुँ भन्दै ठगी गर्ने साह पक्राउ

लोकपाटी न्यूज

काठमाडौं। अर्थ मन्त्रालयको लेखा अधिकृत हुँ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सर्लाही घर भई काठमाडौँ बबरमहल बस्दै आएका ३८ वर्षीय संजीवकुमार साहलाई सोमबार माइतीघर क्षेत्रबाट पक्राउ गरेको हो ।

साहले भक्तपुरका उत्सव सुजखुलाई एभरेष्ट बैंकको कुनै शाखामा काम लगाइदिने र त्यसका लागि २ लाख रुपैयाँ लिने भन्दै प्रलोभनमा पारेको प्रहरीले जनाएका छन् ।

साहले आफू अर्थ मन्त्रालयको लेखा अधिकृत रहेको भन्दै पीडित उत्सवलाई विश्वास दिलाएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्