कति पुग्यो डलरको भाउ ?

Foreign currency
लाेकपाटी न्यूज

काठमाडौं, १० फागुन । मुद्राको भाउ बढ्ने क्रम जारी छ । मुद्राको भाउमा उतारचढाव आइराख्छ । तर, पछिल्लो समय भने मुद्रको भाउमा बृद्धि भइरहेको पाइएको छ ।

मुद्राको भाउमा सबैभन्दा बढी कुवेती दिनारको रहेको छ । १ युनिट कुवेती दिनारको भाउ अहिले ३७५.०१ पुगेको छ । यो सबैभन्दा बढी हो ।

त्यस्तै अमेरिकी डलर १ युनिटको ११४.१५, बहराइन दिनार १ युनिटको ३०१.९७, युरो १२९.३४, कतार रियल १ युनिटको ३०.७९, हङकङ डलर १ युनिटको १४.५३ रुपैयाँको भाउमा बिक्री भइरहेको पाइएको छ ।

त्यस्तै १ युनिट बराबर मलेसियन रिंगिटको भाउ २७.३०, युएई दिरामको ३०.५३, साउदी अरब रियल २९.९२ रुपैयाँ पुगेको छ ।

त्यस्तै जापानिज यान १० युनिटको १०.३५, चाइनिज युवान १ युनिटको १६.७१, साउथ कोरियन वन १०० युनिटको १०.१३ रुपैयाँ पुगेको छ भने अष्ट्रलियन डलर १ युनिटको ८०.८५, क्यानेडियन डलर १ युनिटको ८६.१८, सिंगापुर डलर १ युनिटको ८३.८२ रुपैयाँ पुगेको छ ।

यस्तै स्वीस फ्रान्सको १ युनिट बराबर ११३.९३ रुपैयाँ भाउ रहेको छ ।