काठमाडौं । कृषि विकास बैंक लि.ले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना साधारण शेयरधनीहरुलाई २० प्रतिशत वोनस शेयर तथा १.०५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
माघको अन्तिम साता सम्पन्न एघारौँ साधारण सभाले उक्त निर्णय गरेको हो। त्यसैगरी नेपाल सरकारको अग्राधिकार शेयरमा समेत तोकिए बमोजिम ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभाबाट स्वीकृत गरेको छ।
जसअनुसार २०७४ साल असार मसान्तमा कायम रहेको नेपाल सरकारको अग्राधिकार शेयर रु. ५ अर्व ४३ करोड २७ लाख १२ हजारलाई वार्षिक ६ प्रतिशतले हुने रकम रु. ३२ करोड ५९ लाख ६२ हजार ७२० नगद लाभांश र साधारण शेयर चुक्ता पँुंजी रु.७ अर्व ०८ करोड ७६ लाख ८० हजारको लागि २० प्रतिशत बोनस शेयर वापत रु. १ अर्व ४१ करोड ७५ लाख ३६ हजार र कर प्रयोजनका लागि १.०५३ प्रतिशतले हुने रु.७ करोड ४६ लाख ०७ हजार १५८ नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ।
यस निर्णयबाट देशका कुनाकाप्चामा रहेका करिव २ लाख ४८ हजार शेयरधनी लाभान्वित भएको बैंकको दावी छ । हाल बैंकको साधारण शेयर पुँजी रु. ७ अर्ब ०८ करोड ७६ लाख ८० हजार र नेपाल सरकारको अविमोच्य अग्राधिकार शेयर पुँजी रु.५ अर्ब ४३ करोड २७ लाख १२ हजार गरी चुक्ता पूँजी रु.१२ अर्व ५२ करोड ०३ लाख ९२ हजार कायम रहेको बैंकले जनाएको छ।
पारित निर्णयको २० प्रतिशत वोनस शेयरले हुने रकम रु. १ अर्व ४१ करोड ७५ लाख ३६ हजारसमेत समावेश गर्दा बैकको चुक्ता पुँजी ?.१३ अर्व ९३ करोड ७९ लाख २८ हजार हुने भएको र साधारण चुक्ता पुँजी रु.८ अर्व ५० करोड ५२ लाख १६ हजार पुग्ने बैंकले जनाएको छ।



लाेकपाटी न्यूज

