म्यान्मार अदालतले ताेक्याे सुकीलाई ४ वर्ष जेल सजाय

aang sang suki
लोकपाटी न्यूज

म्यान्मारमा सैन्य ‘कू’ पछि संकट अझ गहिरिएको छ । प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई म्यान्मारको अदालतले चार वर्ष जेल सजाय तोकेको छ । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् ।

उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्ल‌ंघन गरेका अभियोग लगाइएको थियो ।

यसबाहेक उनीविरुद्ध ११ आरोप लगाइएको छ । सुकीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् । फेब्रुवरीमा सेनाले कू गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेको सेनाले आरोप लगाउँदै आएको छ । –एजेन्सी