आमाकाे हत्या गर्ने छाेराे पक्राउ

Murder
लोकपाटी न्यूज

काठमाडाैं। पाल्पामा आफ्नै आमाको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ६० वर्षीया मेनु सारुको कुटपिट गरी हत्या गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका-८ पेलाचौर बस्ने ४३ वर्षीय कृष्ण सारूलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी सारूले आफ्नै आमालाई सालको काठले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा र इलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्