निर्वाचन अधिकृत कुटिएपछि सर्लाही कांग्रेस अधिवेशन अनिश्चित

Congress_Mahadhiveshan
फाइल तस्विर
लोकपाटी न्यूज

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाहीमा अधिवेशन अनिश्चित भएकाे छ। केन्द्रीय निर्वाचन समितिले खटाएका जिल्ला निर्वाचन अधिकृत नै कुटिएपछि सर्लाहीमा अधिवेशन अनिश्चित भएको हो ।

सर्लाहीमा बिहीबारका लागि वडा अधिवेशन तय भएको थियो । तर अधिवेशन सुरु नहुँदै मलंगवामा रहेको पार्टी कार्यालयमै निर्वाचन अधिकृत दिवाकर पाण्डे कुटिएका हुन् । पाण्डेले एक पक्षीयरुपमा वडाहरुमा मतदान अधिकृत तोकेको भन्दै पौडेल समूहका कार्यकर्ताले कुटपिट गरेको बताइएको छ ।

सर्लाहीमा यसअघि निर्वाचन अधिकृतका रुपमा गएका विनोद कार्कीले राजीनामा दिएपछि पाण्डेलाई केन्द्रले पठाएको हो । महाधिवेशनको मिति नजिकिँदै गएपनि सर्लाहीमा भने वडा अधिवेशन नै हुन नसकेको हो।