राजीनामाका लागि प्रधानन्यायाधीशलाई नेपाल बारकाे ३ दिने अल्टिमेटम

Bar_Sarbochcha
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ। प्रधानन्यायाधीश जबराकाे कारण न्यायालय धेरै नै विवादिन भइसकेकाे र सर्वत्र राजीनामाकाे माग भइरहेकाे भन्दै बारले तीन दिनभित्र राजीनामा दिएर मार्गप्रशस्त गर्न भनेकाे हाे।

‘शान्तिपूर्ण आन्दोलन गरिरहेका कानून व्यवसायीलाई दंगा प्रहरी लगाएको छ । यो तत्काल हटाइयोस्,’ बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘तीन गतेसम्म पनि राजीनामा नआए देशभरका न्यायपालिकामा आन्दोलनलाई थप सशक्त बनाउँछौ ।’

बुधबार बारको कार्यालय परिसरमा उनले राजीनामा मात्रै होइन बिकृति नहट्दासम्म आन्दोलन जारी रहने पनि बताए । प्रधानन्यायाधीश राणासँग व्यक्तिगत नभएर न्यायालयमा विकृति ल्याएकाले आन्दोलित हुनुपरेको उनकाे भनाइ छ। राणाले सेवाग्राहीलाई सेवा पाउनबाट बञ्चित गरेको उनको आरोप छ ।

प्रधानन्यायाधीश राणाले जारी गरेको विज्ञप्ति आँखामा धुलो हाल्न ल्याइएको बारको ठहर छ । ‘न्याय किनबेच हुनुहुँदैन भनेर हामी आन्दोलनमा छौँ। न्यायालयको शीर निहुरिइरहेको छ,’ उनले भने । प्रधानन्यायाधीश राणाले गरेका सबै विवादास्पद फैसलाबारे अब बारले अध्ययन गर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्