विवाह गर्छु भनी जबर्जस्तीकरणी, एक जना पक्राउ

लोकपाटी न्यूज

काठमाडाैं। दैलेखमा १७ वर्षीया युवतीलाई जबर्जस्ती करणी गर्ने एकजना पक्राउ परेका छन्। १७ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा अन्दाजी ४० वर्षीय केशव सुजीलाई दैलेख प्रहरीले पक्राउ गरेको हो।

पीडितलाई विवाह गर्छु भनी प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको आरोपमा सुजीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। अन्य व्यक्तिसँग बिहे गरेमा बेइज्जत गरिदिन्छु भनी डर त्रास देखाई गत कात्तिक २२ गते राति ११ बजेको समयमा जबर्जस्ती करणी गरेको भनेर आएको उजुरीका आधारमा सुजी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे छ।

पीडितकी आमाले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। छोरीलाई जबर्जस्ती करणी गरेको भनी पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दर्ता गराएकी थिइन्। आरोपित केशव सुजीलाई जरुरी पक्राउ पुर्जी दिई पक्राउ गरी दैलेख जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्