काठमाडौं, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को सचिवालय बैठक सकिएको छ । बैठकमा कार्यदलका संयोजक गृहमन्त्री रामबहादुर थापा (बादल) ले एकिकरण सम्बन्धी प्रतिवेदन पेश गरेका छन् ।
तर, आजको केन्द्रीय सचिवालय बैठकले प्रतिवेदन अपुरो रहेको भन्दै कार्यदलका सदस्यहरुसँगै बैठक बसेर एकता प्रक्रिया सम्बन्धमा छलफल गर्ने निर्णय गरेको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदलका सदस्यहरुलाई सँगै राखेर आगामी ९ फागुनमा कार्यदलको बैठक हुन र त्यसपछि मात्र एकता सम्बन्धी प्रक्रिया अघि बढ्ने बताए ।
फागुन ९ को बैठक बिहान ९ बजेका लागि तय गरिएको छ । बैठकमा कार्यदलका ९ जना नै सदस्यहरु आमन्त्रण गरिएका छन्।



लाेकपाटी न्यूज

