काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले ‘संविधान अनुकुल नै गरौं’ भनेपछि सर्वोच्च अदालतका न्यायाधीशहरु झस्किएका छन् ।प्रधानन्यायाधीश जबराले सम्मानजनक निकासको प्रस्ताव अघि सारेपछि न्यायाधीशहरुले प्रष्ट मार्गचित्र मागेका थिए । तर सोमबार साँझ न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई भेटेका जबराले कसैलाई पनि अपमाननपूर्वक हटाउन नहुने धारणा राखेका छन्।
भेटमा सहभागी न्यायाधीशहरुले अरु न्यायाधीशलाई ब्रिफिङ गरेअनुसार प्रधानन्यायाधीश जबराले ‘छलफल गरौं, सकेसम्म संविधान अनुकुल नै गरौं’ भनेका छन् । संविधानअनुकुल निकास भनेको महाअभियोग वा ६५ वर्षे उमेर हद पार गरेपछिको नियमित अवकाश हो ।
प्रधानन्यायाधीश जबराको यस्ताे प्रस्तावले सर्वोच्चका न्यायाधीशहरु नै झस्किएका छन् । सोमबार बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न सहमत भएका उनीहरुले मंगलबार बन्दी प्रत्यक्षीकरणको मुद्दा पनि सुनुवाइ गरेका छैनन् ।



लोकपाटी न्यूज

