काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले अध्यक्ष रवीन्द्र मिश्रको ‘मार्ग परिवर्तन’ नामक दस्ताबेजलाई खारेज गरेको छ ।
आज बसेको पाण्डे पक्षीय केन्द्रीय समिति बैठकले मिश्रको साे राजनीतिक दस्ताबेजलाई खारेज गरिदिएको हो । यसैबीच बैठकले पार्टीको प्रवक्तामा हरीश प्रसाद भट्टलाई नियुक्त समेत गरेको छ ।
बैठकले मिश्रलाई विधान र सम्झौतापत्र विपरीत काम गरेको भन्दै कारबाहीका लागि न्याय तथा सुशासन आयोग गठन गरेर कारबाही अगाडि बढाएको छ।



लोकपाटी न्यूज

